तनहुँ, ७ साउन । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका–६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्