जनता टाइम्स

८ श्रावण २०८१, मंगलवार ०९:४२

डिआइजी जोशी एआइजीमा बढुवा सिफारिश


काठमाडौं, साउन ८ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस हुनुभएको छ ।

गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिको बैठकले सोमवार डिआइजी जोशीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त पदमा जोशी सिफारिस हुनुभएको हो ।

यसअघि डीआईजी पोषराज पोखरेल एआईजीमा सिफारिस भएपनि एआईजी नियुक्त नहुँदै अवकाशमा जानुभएको थियो । तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रबि लामिछानेले बदमासी गरेर मन्त्रिपरिषदमा नर्णिय नगरेपछि पोखरेल एआइजीमा बढुवा नभई घर जानुपरेको हो ।