काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष रत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अस्पताल पुगेर पाइलट शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आज भएको विमान दुर्घटनामा बिमानमा सवार सौर्य एयरलाइन्सकै १८ कर्मचारीको मृत्यु भएको छ ।
घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको अपरान्ह मेरूदण्डको अपरेसन गरिएको छ । अस्पताल पुगेर प्रधानमन्त्री ओलीले चिकित्सकसँग शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । शाक्यको टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ ।
प्रधानमन्त्रीले घाइते क्याप्टेन शाक्यका परिवारसँग पनि कुराकानी गर्नुभएको छ । यस्तै उहाँले शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएका निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्