जनता टाइम्स

९ श्रावण २०८१, बुधबार २१:३८

सौर्य एअरको बिमान दुर्घटनामा जे देखियो (फोटोफिचर)


काठमाडौं, साउन ९ । काठमाडौंबाट पोखरातफै उडेको केही क्षणमै सौर्य एयरलाइन्सको बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमै दुर्घटना भयो । दुर्घटनामा परी बिमानमा सवार १९ यात्रुमध्ये पाइलट मनिष शाक्यको मात्रै जिवित उद्धार गरियो । बिमानस्थलकै छेउमा भएको दुर्घटनाको दृष्य निकै भयावह देखियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्स दुर्घटना भएको छ । यसअघि २०७९ माघ १ गते काठमाडौँबाट उडेको विमान पोखरामा दुर्घटना भएको थियो । त्यसपछि मानवीय क्षति हुने गरी आज दुर्घटना भएको हो ।

आज बिहान ११ बजेर ११ मिनेटमा उडान सौर्य एयरलाइन्सको ‘९एनए एमई’ विमानले उडान अनुमति पायो । त्यसपछि ०२ धावनमार्गमा पुगेर उडान भर्दा ११ बजेर १३ मिनेट गइसक्छ । सीसीटीभी फुटेजअनुसार ११ बजेर १३ मिनेट ०७ सेकेन्ड जाँदा विमानले धावनमार्ग छाड्छ र लगत्तै अनियन्त्रित बन्दै दाहिने मोडियो ।

१३ मिनेट गएर ८ सेकेन्ड जाँदासम्म जहाज पूर्णरुपमा नै भुईँमा ठोकिन्छ । केही सेकेन्डभित्र आगो र धुवाँको मुस्लो देखिन्छ । विमान लगातार घिस्रिँदै परसम्म पुग्दा १३ सेकेन्ड गइसक्छ । फुटेजमा देखिएअनुसार त्यति बेलासम्म विमानस्थलमा खटिएका कर्मचारीले राम्रोसँग भेउ नै पाइसकेका हुँदैनन् । उनीहरू अलमलमा देखिन्छन् ।

 

विमान दुर्घटनास्थलको निरीक्षण तथा अवलोकन गर्दै प्रम ओली
काठमाडौँ,९ साउनः
सौर्य एयरको विमान दुर्घटनाका सन्दर्भमा जानकारी लिन बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः किरणराज विष्ट÷रासस