जनता टाइम्स

१० श्रावण २०८१, बिहीबार ००:४८

अब यस्तो कहिल्यै नहोस : प्रधानमन्त्री ओली


काठमाडौं, साउन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली आकाशमा बुधवारको जस्तो भयानक दुर्घटना फेरि नहोस भन्ने कामना गर्नुभएको छ ।

सौयै एअरलाइन्सको बिमान दुर्घटनापछि घटनास्थलको निरीक्षण, घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुःख ब्यक्त गर्दै फेरि यस्तो दुर्घटना नहोस भन्ने कामना गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बिमान दुर्घटनामा ठूलो जनधनको क्षतीले मर्माहत बनाएको भन्दै भन्नुभएको छ, ‘अब यस्तो कहिल्यै नहोस !’ बुधवार भएको सौर्य एअरलाइन्सको बिमान दुर्घटनामा परी कोपाइलट सुशान्त कटुवालसहित १८ जनाको ज्यान गउको थियो ।

दुर्घटनाग्रस्त बिमानका चालक क्याप्टेन मनिषरत्न शाक्यलाई भने जिवितै उद्धार गरिएको छ । उहाँको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओली बुधवार साँझ नै सोअस्पताल पुगेर शाक्यको अवस्था बुझ्नुका साथै परिवारका सदस्यसँग भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको भनाई जस्ताको तस्तै

अब यस्तो कहिल्यै नहोस् !
बिहानको हवाई दुर्घटनामा परी घाइते हुनु भएका क्याप्टेन मनीषरत्न शाक्यको स्थिति बुझ्न केहीबेर अगाडि केएमसी अस्पतालमा पुगेर फर्किएँ । उहाँलाई आइसीयुमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ । सरकारले दुर्घटनामा परेर ज्यान गुमाएकाको शोकमा बिहीवार झण्डा आधा झुकाउने निर्णय गरेको छ र दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।