काठमाडौं, असोज २३
नेपालको राजकीय भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षाको ‘फूल रिहर्सल’ आज गरिदैछ । राष्ट्रपति सी आए जस्तै गरी ‘फूल रिहर्सल’ गर्न लागिएको हो ।
दुई दिने राजकीय भ्रमणका लागि उहा शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति सी को सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले आज दिउँसो ३ बजे ‘फूल रिहर्सल’ गर्न लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ‘फूल कार्गेड रिहर्सल’ गर्न लागिएको हो । सो समयमा विमानस्थलदेखी तिनकुने, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर, कालिमाटी हुदै सोल्टी होटल जाने बाटो बन्द गरिने भएको छ ।
राष्ट्रपति सीलाई चीनबाट साथमै आउने निजि अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा नेपाल अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्