काठमाडौं, साउन १० । सरकारले सचिव लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो। तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।
गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै हुनुहुन्थ्यो । उहाँ २०७७ कात्तिकमा सचिव हुनुभएको हो । निजामती सेवा ऐन २०४९ अनुसार मुख्य सचिवको कार्यकाल तीन वर्ष र सचिवको पाँच वर्ष हुन्छ। गडतौला मुख्यसचिव हुने पहिलो महिला हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्