काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्न जग्गाका बारेमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भएको हो ।
छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले असार ३१ गते आफु नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले ३०० दिनमा किर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लड लाइट जडान र प्याराफिटको निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्