जनता टाइम्स

११ श्रावण २०८१, शुक्रबार २२:३२

प्रधानमन्त्री ओलीले तोके सरकारका चार मुख्य प्राथमिकता


काठमाडौं, साउन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चार मुख्य प्राथमिकता खोल्नुभएको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेसँगै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले गर्ने मुख्य चार कामका प्राथमिकता सार्वजनिक गर्नुभएको हो ।

मौद्रित नीतिबाट नीजि क्षेत्रले उत्साहित बनेको प्रतिक्रिया सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले समेत उत्साहित बनाएको बताउनु भएको छ । मौद्रिक नीतिप्रति आएको प्रतिक्रियालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानीको बातावरण बनाउने पहिलो प्राथमिकता, बिदेशी पर्यटक भित्र्याउनु दोस्रो प्राथमिकता, रोजगारी सिर्जना गर्नु तेस्रो प्राथकिता र जनशक्ति पलायन रोक्नु चौथो प्राथमिकता रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘समय सापेक्ष मौद्रिक नीति सार्वजनिक भएसँगै आज मैले प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडौँ उद्घाटन गर्ने अवसर पाएँ । मेरो विश्वास छ– नयाँ मौद्रिक नीतिले अन्य व्यवसायीहरुलाई पनि अब लगानी गर्न उत्साही बनाउने छ । हामीलाई पर्यटक भित्र्याउनु छ, रोजगारी सिर्जना गर्नु छ र जनशक्ति पलायन रोक्नु छ ।’

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिलाई नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, बैंकर्स एशोसियनलगायत सरोकारवाला संघ संस्थाले स्वागत गरेका छन ।मौद्रिक नीतिले लगानीकर्ता र नीजि क्षेत्रको मनोवल माथि उठाउने काम गरेको उनीहरुको भनाई छ ।

नीजि क्षेत्रबाट आएको यो उत्साह र आजै प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडौं उदघाटन गर्ने अवसर जुरेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता तोक्नुभएको हो ।