काठमाडौं, साउन १२ । प्रहरी प्रधान कार्यालयले एकैपटक २८९ जना लेखापालको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पूरा गरेकाहरूलाई सरुवा गरिएको हो ।
सरुवा सूचीअनुसार विशेष ब्युरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकराम राईलाई पठाइएको छ । यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रदेश प्रहरी कार्यालयमा दिनेशप्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा दीपेश खरेललाई पठाइएको छ ।
यसैगरी महाराजगञ्जस्थित प्रहरी अस्पतालमा ध्रुवबहादुर विष्ट, गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापागाई र बागमती प्रदेशमा प्रकाश शाह र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजय बहादुर घलेलाई सरुवा गरिएको छ । यस्तै प्रहरी प्रधान कार्यालय स्थित कल्याण महाशाखामा रविन ढकाल र केन्द्रीय अनुसन्धान ब्युरोमा रवीन्द्र थापालाई पठाइएको छ भने शेखर जङ्ग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी इन्स्पेक्टर सविन कुमार संग्रौंला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र प्रहरी बरिष्ठ नायव निरीक्षक (सई) अजयकुमार खनाललाई मुस्ताङमा सरुवा गरिएको छ भने जिप्रका बाँकेमा वरिष्ठ सई कमलकान्त पुनलाई पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्