जनता टाइम्स

१२ श्रावण २०८१, शनिबार ११:४५

बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ, कुन्दनराज काफ्लेले पाए आर्थिक मामिलामै जिम्मेवारी


हेटौंडा, साउन १२ । बागमती प्रदेशका चार मन्त्रीले शपथ लिएका छन । मुख्यमन्त्री बहादुरसिं लामा मुख्यमन्त्री बनेपछि कांग्रेसबाट नियुक्त चार मन्त्रीले आज प्रदेश प्रमुख यादव शर्मासमक्षपद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमा हरिप्रभा खड्गी, खानेपानी, ऊर्जा तथा सिँचाइमा श्यामबहादुर खड्का र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठले शपथ लिनुभयो ।

मुख्यमन्त्री लामाले बिहीबार मन्त्री नियुक्त हुनुभएका प्रभात तामाङ हटाएर कुन्दनराज काफ्लेलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिनुभएको हो । युवा नेता काफ्लेलाई यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर उहाँले आर्थिक मामिला मन्त्रालयको अडानसहित शपथ रोक्न दबाब दिएपछि मन्त्रालय हेरफेर गर्न मुख्यमन्त्री बाध्य हुनुभएको हो ।