जनता टाइम्स

१२ श्रावण २०८१, शनिबार १९:२४

संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय लिने


काठमाडौं, १२ साउन । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ । संसदीय सुनुवाइ समितिका सचिवसमेत रहनुभएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक साउन १४ गते सोमबार बिहान साढे ११ बजे बस्नेगरी बोलाएको जानकारी दिनुभयो । यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ ।

यसअघि उहाँको समितिमा बुधबार सुनुवाइ गरिएको थियो । प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए । यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको अवस्थामा समितिले सोमबार निर्णय लिन लागेको छ ।