काठमाडौं, साउन १३ । निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्यालले आफूलाई फसाउन चाहनेहरुको इच्छा पूरा नभएको बताउनु भएको छ ।
विशेष अदालतको आदेशले ५० हजार धरौटीमा रिहा भएपछि निलम्बित मुख्यसचिव अर्यालले यस्तो टिप्प्णी गर्नुभएको हो । पूर्वमुख्यसचिव अर्याललाई बिशेष अदालतले आज धरौटीमा रिहा गरेको हो । अदालतमा धरौटीमा रिहा भएपछि फोटो खिच्दै गरेका फोटोपत्रकारहरुलाई अर्यालन्नुभयो, ‘तपाईंहरूको इच्छा पुरा भएन ।’
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उहाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उहाँ आइतबार अदालत उपस्थित हुनुभएको थियो । तत्कालीन मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतमा मुद्धा दायर भएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्