जनता टाइम्स

१४ श्रावण २०८१, सोमबार १६:४३

कृषि समितिको सभापतिमा सांसद कुसुमको एकल उम्मेदवारी


काठमाडौं, १४ साउन । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।

संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहनुभएको छ ।

यसअघि समिति सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खालि भएको थियो । एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन हुनुभएको छ । कांग्रेसको समानुपातिक सांसद रहेकी थापा पार्टी महामन्त्री गगन थापानिकट नेतृ हो ।