काठमाडौं, साउन १४ । सामाजिक सञ्जालमा भाइरल बनेका चर्चित ज्योतिष तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरी तीन दिन हिरासतमा राख्न अनुमति लिएको छ ।
प्रहरीले साइबर क्राइम मुद्दामा खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको हो । काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जनाएको छ ।
काठमाडौं प्रहरीले सोमबार बिहान खतिवडालाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो । खतिवडाले समाजमा आतंक फैलाउने र हत्या, हिंसा भडकाउने गरी सामाजिक सञ्जालमा दुश्प्रचार गरेपछि प्रहरीले कार्वाही अघि बढाएको हो ।
ज्योतिषी खतिवडाले चार दिनअघि नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्