जनता टाइम्स

१५ श्रावण २०८१, मंगलवार १८:१८

माओवादी बैठकमा प्रचण्डको उद्घोष : जनताको सुखदुःखको कुरा सुन्न देशभर जान्छु


काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको कुरा सुन्न आफू देशव्यापी रुपमा हिँड्ने उद्घोष गर्नुभएको छ । पार्टी पदाधिकारी बैठकमा नेताहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रचण्डले जनतासँग टुटेको कडी जोड्न आफू देशभर जाने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

प्रचण्डको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो,‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन, सुखदुःखको कुरा सुन्न जान्छु । त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ ।’ त्यसबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीभित्रका समस्याबारेमा कुरा राखेको उहाँले सुनाउनुभयो । प्रवक्ता सापकोटाले पार्टीभित्र प्रचण्डको विकल्पमा अर्को नेतृत्वको विषयमा छलफल नभएको पनि बताउनुभयो ।