काठमाडौं, साउन १६ । न्याय सेवा आयोगको बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा सिफारिस गरेको छ ।
न्याय सेवातर्फका कानुन समुहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवाकालागि सिफारिस हुनुभएको हो । श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानून आयोगमा कार्यरत हुनुहुन्छ । यसैगरी बैठकले दुई सचिवको सरुवा गरेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत सचिव उदयराज सापकोटालाई कानून मन्त्रालय र कानून मन्त्रालयमा कार्यरत फणिन्द्र गौतमको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्