जनता टाइम्स

१६ श्रावण २०८१, बुधबार ०३:१७

एकै पटक ९१ न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, साउन १६ । न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको परिषदका सचिव यमबहादुर बुढामगरले जानकारी दिनुभयो । बैठकले दुई जना सहचिवलाई सचिवमा बढुवा र दुई जनालाई सरुवाको सिफारिश गर्ने निर्णयसमेत गरेको छ।