काठमाडौं, साउन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ताबाट हटेसँगै नेपाली संस्कृति मास्ने षडयन्त्र बिफल भएको छ ।
सत्ताबाट प्रचण्ड गलहत्याइएसँगै राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटाइएको छ । बिगत लामो समयदेखि नेपाली मौलिक पहिचान मास्न लागिरहनुभएका दाहालले परिचय पत्रमा नेपाली मौलिक पहिचानअनुसार फोटो खिच्न नपाउने ब्यवस्था गर्नुभएको थियो ।
सो कामको सर्वसाधरणले चर्काे आलोचना गरेका थिए । जति आलोचना र बिरोध भएपनि नेपाली मौलिक पहिचान मासेरै छाडने अडानमा रहनुभएका दाहाल सत्ताबाट हटेसँगै साउन १५ गतेबाट त्यो ब्यवस्था पनि हटेको छ । अव फोटो खिच्दा संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन पाइने छ । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय अन्तरगत रहेको विभागले एक परिपत्र जारी गर्दै फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने । फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोली, धार्मिक, सांस्कृति तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्