काठमाडौं, १७ साउन । नवनियुक्त तीन प्रदेश प्रमुखले शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखमा नियुक्त बागमती प्रदेशका दीपक प्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ति मगर र कर्ण्लीका यज्ञराज जोशीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
तिनै जनालाई राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख लगातयत उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्