काठमाडौं, १७ साउन । काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने हुनुभएको छ । गत साउन ९ गतेदेखि उहाँको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो ।
उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । सो विमान दुर्घटना हुँदा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्