जनता टाइम्स

१७ श्रावण २०८१, बिहीबार १९:१५

एमाले केन्द्रीय कमिटीमा १७ सदस्य मनोनीत, को–को परे ?


काठमाडौं, साउन १७ । नेकपा एमालेले पार्टी प्रवेशबाट आएकाहरुसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत हुनेमा सुवास कर्माचार्य, जितेन्द्र देव, कुन्दनराज कुशवाह, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलराज तिमल्सिना, गोविन्द पुन र केदार सिग्देल हुनुहुन्छ ।

यसैगरी मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्ताैला, सरिता भुसाल, प्रभा कोइराला, मञ्जु शर्मा चालिसे र आशा जबेगु मनोनीत हुनुभएको छ । यी मध्ये कतिपय पार्टी प्रवेश गरी एमाले फर्किएका नेता हुन भने कतिपयको बढुवा भएका छन ।