काठमाडौं, साउन १७ । नेकपा एमालेले उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपाध्यक्षहरुको जिमेवारी यथावत राखेर उपसमहासचिव, सचिव, स्थायी कमिटी सदस्य, पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको हो ।
आज बसेको सचिवालय बैठकले तोकेको नयाँ जिम्मेवारीअनुसार सात वटै प्रदेशका इञ्चार्ज परिवर्तन भएका छन । जसअनुसार कोशी प्रदेशको इञ्चार्जमा शेरधन राई, मधेश प्रदेशको इञ्चार्जमा लीलानाथ श्रेष्ठलाई तोकेको छ । यसअघि सो प्रदेशमा क्रममा सचिव रघुबीर महासेठ र योगेश भट्टराई इञ्चार्ज हुनुहुन्थ्यो ।
यस्तै बागमति प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनी प्रदेशमा पदमा अर्याल, कर्णाली प्रदेशमा गोरबहादुर बोगटी र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इञ्चार्जको जिम्मेवारी दिएको छ । यसअघि पदमा गण्डकी र लेखराज कर्णाली इञ्चार्ज हुनुहुन्थ्यो भने किरण, राजन र गोरखले नयाँ जिम्मेवारी पाउनु भएको हो ।
यस्तै सचिव गोकर्ण बिष्टले भौतिक पूर्वाधार बिभाग, योगेश भट्टराईले संसदीय बिभाग, रघुबीर महासेठले परराष्ट्र मामिला बिभाग र प्रवास इञ्चार्ज, छविलाल बिश्वकर्माले स्थानीय निकाय बिभाग प्रमुखको जिम्मेवारी पाउनु भएको छ ।
जिम्मेवारी हेरफेर सूची पढनोस
प्रतिक्रिया दिनुहोस्