जनता टाइम्स

१८ श्रावण २०८१, शुक्रबार १४:५६

ओली सरकारले पायो पूर्णता, कांग्रेस र नाउपाका तीन राज्यमन्त्री नियुक्त


काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेसका दुई जना र नाउपाबाट एक जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

तीन राज्यमन्त्री नियुक्त भएसँगै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुर्णता पाएको छ ।