काठमाडौं, १८ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, बिकृतीको अन्त्यको निमित्त देशले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताउनुभएको छ । ‘भ्रष्टाचार, बेरोजगारी, धर्मपरिबर्तन, आर्थिक मन्दीलगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन’ थापाले भन्नुभयो । अहिलेको व्यवस्था असफल साबित भैसकेको अब बिकल्प खोज्नुपर्नेमा उहाँको जोड थियो ।
मुलुकलाई सहि दिशा दिनको लागि आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बलियो संगठन निर्माण गरेर आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । देशब्यापी संगठन सुदृढीकरण अभियान संचालन आजको प्रमुख आबश्यकत भएको चर्चा गर्दै थापाले महाधिवेशनको मितिलाई मध्यनजर गरेर इकाई अधिबेशनको काम सम्पन्न गर्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा डा. बिष्णु भण्डारी, राजाराम बर्तौला ‘चुनेली’ श्याम घिमिरे, देबेन्द्र श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्