जनता टाइम्स

१८ श्रावण २०८१, शुक्रबार १९:०३

सिनामंगलको होटलमा कोठाभित्रै मृत भेटिए युवा–युवती


काठमाडौं, साउन १८ । काठमाडौं महानगरपालिका–९ सिनामंगलको शम्भुमार्गमा रहेको झर्ना गेष्ट हाउसमा एक जोडी युवा–युवती मृत अवस्थामा फेला परेका छन् ।

तीन दिनदेखि सो गेष्ट हाउसमा बस्दै आएका सो जोडीको कोठाभित्रै हत्या भएको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की अन्दाजी २० वर्षीया करिष्मा सार्कीसहित साउन १५ गतेदेखि सो गेष्ट हाउसको कोठा नं. ४०२ मा बस्दै आएका थिए ।

आज भरत र करिष्मा कोठामै मृत भेटिएका हुन । प्रहरीले करिष्माको घाँटी काटिएको अवस्थामा शव फेला पारेको छ । यस्तै भरत झुण्डिएको अवस्थामा फेला परेका छन । शुक्रबार बिहान १२ बजेसम्म खाना खान नआएपछि गेष्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

खवर भएलगत्तै करिब १ः१५ बजे प्रहरी पुगेर कोठाको ढोका खोल्दा करिष्माको घाँटी काटिएको अवस्थामा शव भेटिएको र भरत सिलिङको पंखामा डोरीले घाँटीमा पापसो लगाई झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भरत र करिष्माको सम्बन्धबारे खुलेको छैन भने करिष्माको ठेगाना समेत यकिन भइसकेको छैन । प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।