काठमाडौं, साउन १८ । नेकपा एकीकृत समाजवादीले बिधानलाई ठाडै मिचेर केन्द्रीय समितिको आकार नै बढाइ दिएको छ ।
अध्यक्ष मावधकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहनुभएको कार्यदलले महाधिवेशनले पारित गरेको बिधान मुला केही पनि होइन भन्दै ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो ।
यो घोषणासँगै नेकपा एकीकृत समाजवादी पार्टी नभई भारदारी सभामा परिणत भएको छ । बिधान होइन, तीन नेताको हुकुमी शासन सुरु भएको टिप्पणी पदाधिकारीले नै गरेर यो तथ्य उजागर गरिदिएका हुन ।
अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा सदस्यहरुको नाम वाचन गरिएको थियो । महाधिवेशनबाट पारित विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति रहने ब्यवस्था छ । महाधिवेशन पनि दासहरुको सभामा परिणत गरी तीन जना तोकेर टुंग्याएको नेकपा एसले केन्द्रीय सदस्य पनि तीन नेताले तोकेका हुन ।
यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो । शुक्रवार तीन नेताले आफ्ना नातेदारलाई नछुटाएर भारदारी सभाका रुपमा केन्द्रीय कमिटी छानेका हुन । केन्द्रीय सदस्य भाइभतिजदेखि भाञ्जा भाञ्जीसम्म राखिएको छ । तीन नेताले केन्द्रीय सदस्य छान्दा सलामी, गुलामी र मलामीका लागि योग्यलाई प्रमुख मापदण्ड बनाइएको सोही पार्टीका कार्यकर्ताले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्