काठमाडौं, २० साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिनुहुने भएको छ ।
आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको छ । कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिनुभएको थियो ।
केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । ४० सदस्यीय कर्णालीको प्रदेश सभामा कांग्रेस र एमाले स्पष्ट बहुमतमा रहेका छन् । प्रदेसमा कांग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन् । त्यस्तै माओवादी केन्द्रका १३ तथा राप्रपा एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्