अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे मन्त्री आवास भैंसेपाटी सर्नुभएको छ ।
काठमाडौं, साउन २० । ललितपुरको पुल्चोकबाट मन्त्रीहरू भैंसेपाटीको नयाँ आवासमा सर्न सुरु गरेका छन । सुविधा सम्पन्न नयाँ आवास बनेसँगै पहिलो चरणमा चार जना मन्त्री र राष्ट्रिय सभाका उपाध्यक्ष भैंसेपाटी सर्नुभएको छ ।
नयाँ आवासमा अहिलेसम्म उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी नयाँ भवनमा सरिसक्नु भएको छ । यस्तै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे पनि नयाँ आवासमा सरिसक्नु भएको छ ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक मचाकाजी महर्जनका अनुसार एक साताभित्र थप आठ मन्त्री नयाँ आवासमा सरिसक्ने छन । मन्त्रिपरिषद प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय हुने व्यवस्था छ । त्यसैले २४ मन्त्री तथा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षका लागि एक–एक भवन बनाइएको छ । बहुउद्देश्यीय सभाहल, हेल्थ क्लब, स्विमिङ पुल, सुरक्षा जवानहरूको निवासलगायत संरचना भने अझै निर्माण भइसकेका छैनन ।
मन्त्री आवास निर्माणको ठेक्का श्रीको–हनुमान जेभीले २०७६ कात्तिकमा लिएको हो । सुरु सम्झौताअनुसार २०७८ कात्तिक २६ भित्र काम सक्नुपर्ने थियो । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुसार भैंसीपाटीमा मन्त्री आवास निर्माण अघि बढेको हो । ओली प्रधानमन्त्री भएसँगै उहाँको क्याबिनेटमा रहेका मन्त्रीहरु नयाँ आवास सर्नुभएको हो ।
महर्जनका अनुसार दोस्रो चरणको काम ७५ प्रतिशत सकिएको छ । दोस्रो चरणको सबै काम सकिन भने चार महिना लाग्ने उहाँको भनाइ छ । सबै संरचना तयार भएपछि मात्र औपचारिक रूपमा आवासको उदघाटन गरिने आयोजनाले जनाएको छ ।
दोस्रो चरणको ठेक्का आवास निर्माण थालेको दुई वर्षपछि सम्झौता गरिएको थियो, जसले गर्दा निर्माणमा ढिलाइ भएको हो । स्थानीयको विरोधका कारण आवासको पश्चिमतर्फको बाउन्ड्री वाल भने अझै निर्माण हुन सकेको छैन । उक्त समस्या समाधानको प्रयास जारी रहेको आयोजनाले बताएको छ ।
मन्त्री आवास निर्माणको ठेक्का श्रीको–हनुमान जेभीले २०७६ कात्तिकमा लिएको हो । सुरु सम्झौताअनुसार २०७८ कात्तिक २६ भित्र काम सक्नुपर्ने थियो । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुसार भैंसीपाटीमा मन्त्री आवास निर्माण अघि बढेको हो । ओली प्रधानमन्त्री भएसँगै उहाँको क्याबिनेटमा रहेका मन्त्रीहरु नयाँ आवास सर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्