काठ्माण्डौं, २० साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटको निरिक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा उहाँले कार्यालय व्यवस्थीत गर्न, चुहावटमा शुन्य सहनसिलता अपनाउन र कार्यालयमा शुसासन कायम गर्न निर्देशन दिनुभयो ।
यसअघि हिजो उहाँले गुह्येश्वरी स्थीत आयल निगमको हवाई इन्धन डिपो कार्यालय सार्ने ठाउँको अनुगमन गरि काम अघि बढाउन निर्देशन दिएको उहाँको निजि सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीले अहिले मन्त्रालय सुधारका लागि १०दिने अन्तरक्रिया कार्यक्रम गरिरहनु भएको छ । जस अन्तरगत हिजो यो मन्त्रालयको नेतृत्व गरिसकेका पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया सम्पन्न गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्