काठमाडौं, साउन २० । काठमाडौंको कालोपुलमा एक युवक मृत अवस्थामा भेटिएका छन् । कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जी मृत भेटिएको प्रहरीले जनाएको छ ।
दर्जीको स्थायी ठेगाना ओखलढुंगाको लिखु गाउँपालिका–९ रहेको प्रहरीले जनाएको छ । दर्जीको हत्या भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा मृतक प्रेमका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल रहेका छन । प्रारम्भिक अनुसन्धानको क्रममा उनको हत्या भएको खुलेको छ ।
शवको प्रकृति हेर्दा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिए पनि झुन्ड्याएर खसेको जस्तो बनाइएको एसपी अधिकारीले बताउनु भयो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । आइतबार बिहान सवा १० बजेतिर महतको शव भेटिएको थियो । उनीहरु विगत १ महिनादेखि उक्त कोठा बस्दै आएका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्