जनता टाइम्स

२१ श्रावण २०८१, सोमबार ०९:०९

अव पनि नेकपा एसमा बस्नु राजनीतिक आत्महत्या हो भन्दै एमालेमै फर्कए पूर्वमन्त्री यादवसहितका माधवकै गृहजिल्लाका प्रभावशाली नेता-कार्यकर्ता


काठमाडौं, साउन २१ । नेकपा एकीकृत समाजवादीका नेता तथा मधेस प्रदेशका पूर्वराज्यमन्त्री नागेन्द्र राय यादव सिंगो टीमसहित नेकपा एमालेमै फर्कनुभएको छ ।

रौतहट जिल्लाका एकीकृत समाजवादीका नेता यादव आइतबार पुरानो अध्यक्ष माधव नेपालको भ्रमजाल सकियो भन्दै एमालेमै फर्कनुभएको हो । यादवलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

यादव सहितका रौतहटका एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूलाई अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्वागत गर्नुभयो । उहाँहरू २०७८ भदौमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेतृत्व गर्नुभएको एककृत समाजवादीतिर लाग्नुभएको थियो ।

समाजवादीमा लाग्नु आफूहरुको जीवनमै सवैभन्दा ठूलो भूल भएको र माधवले नेपाली जनतामाथि ठूलो घात गरेर आफ्नो ब्यक्तिगत तुष्टिका लागि पार्टी बिभाजन गरेको प्रमाणित भएपछि पुरानो घर फर्किएको यादवले बताउनु भयो ।

नेता यादवले अव नेकपा एकीकृत समाजवादीमा नेपाली राजनीतिमा सकिने प्रष्ट भइसकेको र महाधिवेशनको नाममा खडा गरिएको दासहरुको सभामा समेत बिद्रोह हुने बताउनु भयो । यादवले अव पनि नेकपा एकीकृत समाजवादीमा रहनु राजनीतिक अत्महत्या हुने निश्कर्ष सो पार्टीका पदाधिकारी नै पुगेको र केही समयभित्रै सवै फर्कने खुलासा समेत गर्नुभयो ।