ढाका, साउन २१ । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख जनरल वाकर उज जमानले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ । ’
प्रतिक्रिया दिनुहोस्