सुर्खेत, साउन २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिनुभएको छ । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्