काठमाडौं, साउन २२ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपालले इरानलाई ३ सोझो सेटमा पराजित गरेको हो । राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३–२ सेटले पराजित गरेको थियो । नेपालले त्यसको बदला लिँदै फाइनल यात्रा तय गरेको हो ।
नेपालले बुधबार हुने फाइनलमा भारतसँग खेल्नेछ । भारतले अर्को सेमिफाइनलमा श्रीलंकालाई पराजित गरेको थियो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । राउन्ड रोविन लिगमा नेपालले भारतलाई ३–१ सेटमा पराजित गरेको थियो । सो जीत भारतमाथि नेपालको अहिलेसम्मकै पहिलो विजय हो ।
प्रतिक्रिया दिनुहोस्