अनुसन्धान भन्दा माओवादी निकट अभियुक्त जोगाउने र आइजीपी फालेर नेतृत्व हत्याउने खेलमा लागेको पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठका किचन क्याबिनेटका सदस्य ज्ञवालीलाई आइजीपी कुँवरले नै सिआइवीमा राख्न नसकिने निर्णय सुनाउनु भएअनुसार सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा गएको हो ।
काठमाडौं, साउन २२ । सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिशअनुसार जोशीलाई एआइजीपी पदमा बढुवा गरेको हो ।
एआइजीमा बढुवासँगै जोशीलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषदले एआईजीहरुको सरुवासमेत गरेको जानकारी दिनुभयो ।
जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा एआईजी दीपक थापालाई सरुवा गरिएको छ । सो ब्यूरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा लगिएको छ । यस्तै उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको छ ।
एआइजी ज्ञवाली नेकपा माओवादी केन्द्र र राष्टिर्य स्वतन्त्र पार्टीको प्रवक्ता बनेर अनावश्यक हर्कत गरेको कारण पाँच महिनामै सरुवामा पर्नुभएको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा एआइजी ज्ञवाली प्रहरी महानिरीक्षब बशन्तबहादुर कुँवर हटाएर आफै प्रहरी प्रमुख बन्ने अभियानमा लाग्नुभएको थियो ।
अनुसन्धान भन्दा माओवादी निकट अभियुक्त जोगाउने र आइजीपी फालेर नेतृत्व हत्याउने खेलमा लागेको पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठका किचन क्याबिनेटका सदस्य ज्ञवालीलाई आइजीपी कुँवरले नै सिआइवीमा राख्न नसकिने निर्णय सुनाउनु भएअनुसार सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा गएको हो ।
प्रतिक्रिया दिनुहोस्