जनता टाइम्स

२३ श्रावण २०८१, बुधबार ०१:३०

घटुवामा परे एमालेका प्रदेश अध्यक्ष, यस्तो छ कार्यबिभाजन र बरियताको सूची (अपानिसहित)


काठमाडौं, साउन २३ । नेकपा एमालेमा प्रदेश अध्यक्षहरु घटुवामा परेका छन । केन्द्रीय सचिवालय बैठकको निर्णय कार्यान्वयनका लागिएमाले अध्यक्ष केपी शर्मा आलीले मंगलबार जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१० मा प्रदेश अध्यक्षहरुको तह घटुवा गरिएको हो ।

केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी अपानिमा प्रदेश अध्यक्षहरुलाई पोलिटब्यूरोको पदेन सदस्यबाट केन्द्रीय कमिटीको पदेन सदस्यमा घटुवा गरिएको छ । एमालेले प्रदेश अधिवेशनको मिति तोक्दा निर्वाचित प्रदेश कमिटीका अध्यक्षहरु पोलिटब्यूरोको पदने सदस्य हुने निर्णय गरेको थियो । सोही निर्णयपछि केन्द्रीय कमिटीका सदस्यहरु धमाधम प्रदेश अध्यक्षमा उम्मेदवार बनेका थिए ।

प्रदेश अध्यक्षलाई पोलिटब्यूरोमा रहने निर्णयप्रति स्थायी कमिटीका सदस्यहरुले नै कडा आपत्ति जनाएका थिए । नेताहरुकै दवावमा नेतृत्वले सचिवालय बैठकबाट निर्णय गरी प्रदेश अध्यक्षलाई केन्द्रीय कमिटी सदस्यभन्दा तलको बरियता कायम गरेको हो । अव प्रदेश अध्यक्षको बरियता पदेन केन्द्रीय सदस्य रहेको छ । यसअघि पदेन पोलिटब्युरो रहने व्यवस्था थियो । तर भुगोलतर्फका ७ प्रदेशबाहेक अन्य प्रदेशका अध्यक्षलाई भने पदेन केन्द्रीय सदस्यकै हैसियत कायम गरिएको थियो ।

भूगोलतर्फका प्रदेश अध्यक्ष पदेन पोलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय सदस्यहरूले राजीनामा दिएर प्रदेश अध्यक्षको चुनाव लडेका हुन । पोलिटब्यूरोको हैसियतमा बढुवा गरेकै कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अध्यक्षमा निर्वाचन भएको थियो । मधेश र सुदुरपश्चिम प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । हाल कोशीमा घनश्याम खतिवडा, मधेशमा चन्देश्वर मण्डल, बागमतीमा कैलाश ढुंगेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा गुवालजंग शाह र सुदुरपश्चिम प्रदेशमा कृष्णप्रसाद जैसी अध्यक्ष हुनुहुन्छ ।

उहाँहरुमध्ये कर्णालीका शाह पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो भने बागमतीका ढुंगेल केन्द्रीय सदस्य हुनुहुन्थ्यो । यस्तै कोशीमा बिनोद ढकाल, बागमतीमा कृष्णप्रसाद दाहाल, गण्डकीमा मायानाथ अधिकारी, लुम्बिनीमा हरि रिजाल, कर्णालीमा प्रेमबहादुर सिंह पराजीत भई पद गुमाउनु परेको छ । उहाँहरुलाई सल्लाहकार परिषद सदस्यमा मनोनीत गरेको अपानिमा उल्लेख छ । प्रदेश अध्यक्षलाई पोलिटब्यूरोको पदने सदस्यको हैसियत कायम गर्दा उपत्यका बिशेष कमिटीका अध्यक्ष प्रेम पराजुली, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतलाई पदेन केन्द्रीय सदस्यकै हैसियत कायम गरिएको थियो ।

एमाले अध्यक्ष ओलीले जारी गर्नुभएको अपानिअनुसार बैठकले अध्यक्षसहित तीन सय ५६ जना केन्द्रीय सदस्यहरूको कार्यविभाजन पनि गरेको छ । केन्द्रीय तहका नेताहरूलाई अन्तर जिल्ला सरुवा गरेर काममा खटाउने एक वर्षअघिको निर्णय परिवर्तन गर्दै एमाले केन्द्रीय सचिवालयको बिहीबारको बैठकले मूल नेतृत्वसहित सबै केन्द्रीय सदस्यको कार्यविभाजन गरेको हो ।

जसअनुसार तीन सय ८५ सदस्यीय केन्द्रीय कमिटीमा मनोनीत भएका १६ केन्द्रीय सदस्य, पदेन केन्द्रीय सदस्यहरू रहेका केन्द्रीय निकाय र सात प्रदेश, केन्द्रीय कार्यालय सचिवसहित तीन विशेष प्रदेश अध्यक्षहरूको मात्र कार्यविभाजन भएको छैन, उनीहरूले सम्बन्धित कमिटीको नेतृत्व गर्नेछन भने केन्द्रीय कार्यालय सचिवले कार्यालयको जिम्मेवारी सम्हाल्नेछ ।

पदाधिकारीहरूमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवको जिम्मेवारी यथावत् राखेर एमालेले सचिवहरूको जिम्मेवारी भने हेरफेर गरेको छ । जसअनुसार अध्यक्ष ओलीले समग्र नेतृत्व, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान प्रमुख र नीति तथा अनुसन्धानसँग सम्बन्धित विभागको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यस्तै सचिवहरू रघुवीर महासेठ विदेश विभाग प्रमुख, योगेश भट्टराई संसदीय विभाग प्रमुख, गोकर्ण विष्ट भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुख, छविलाल विश्वकर्मा स्थानीय तह विभाग प्रमुख, पद्यमा अर्याल लुम्बिनी इन्चार्ज र लेखराज भट्ट सुदूरपश्चिम इन्चार्ज हुनुभएको छ । यसअघि महासेठ कोशी प्रदेश, भट्टराई मधेश प्रदेश, विष्ट गण्डकी प्रदेश, विश्वकर्मा सुदूरपश्चिम प्रदेश, अर्याल लुम्बिनी नै र भट्ट कर्णाली प्रदेश इन्चार्ज हुनुहुन्थ्यो ।

यस्तै गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी भने स्थायी कमिटी सदस्य किरण गुरुङले पाउनु भएको छ । यस्तै उपाध्यक्षहरूलाई यसअघि दिइएको केन्द्रीय विभागको अनुगमन र संयोजनको जिम्मेवारी यथावत छ भने उपमहासचिवमध्ये प्रदीप ज्ञवालीलाई स्कुल विभाग, विष्णु रिमाल बित्त तथा कोष ब्यवस्थापन बिभागमा यथावत रहेर निर्वाचन विभागको जिम्मेवारी अन्य नेतालाई दिइएको छ । संसदीय विभाग प्रमुख रहनुभएका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ भने मन्त्री भएकाले जिम्मेवारी तोकिएको छैन ।

स्थायी समिति सदस्यहरूमध्ये भीमप्रसाद आचार्य–पयर्टन तथा नागरिक उड्डयन विभाग, किरण गुरुङ गण्डकी इन्चार्ज, लालबाबु पण्डित सम्पर्क समन्वय इन्चार्ज, खगराज अधिकारी सहकारी तथा गरिवी निवारण विभाग, काशिनाथ अधिकारी संगठन विभागको नेतृत्व तोकिएको छ ।

यस्तै, रघुजी पन्त संस्कृति विभाग, कृष्णगोपाल श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या विभाग, भानुभक्त ढकाल जनसंगठन समन्वय प्रमुख, शेरधन राई कोशी इन्चार्ज, यमलाल कँडेल मुख्यमन्त्री कर्णाली, अग्नि खरेल ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग, डा.राजन भट्टराई बागमती इन्चार्ज, सीता पौडेल महिला फाँट, बिन्दा पाण्डे अर्थ तथा योजना विभाग, गोरखबहादुर बोगटी कर्णाली, कर्णबहादुर थापा संघीय मामिला तथा सामान्य प्रशासन विभाग, राजेन्द्र गौतम प्रचार तथा प्रकाशन विभाग, थममाया थापा आदिवासी जनजाति फाँट, शेरबहादुर तामाङ सहरी विकास विभाग, हिक्मत कार्की मुख्यमन्त्री कोशी, मुकुन्द न्यौपाने श्रम तथा रोजगार विभाग, लीलानाथ श्रेष्ठ मधेश इन्चार्जको जिम्मेवारी तोकिएको हो ।

पोलिटब्यूरो सदस्यहरूमध्धे धेरैले जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका छन । जसअनुसार पोलिटब्यूरो सदस्यहरू अरुण नेपाल बुद्धिजीवी फाँट इन्चार्ज, देवी ज्ञवाली चितवन, पर्शुमेघी गुरुङ कोशी प्रदेश स्कुल प्रमुख, पुरुषोत्तम पौडेल, युवा तथा खेलकुद विभाग प्रमुख, आनन्दप्रसाद पोखरेल काठमाडौं, गोकुल बाँस्कोटा काभ्रे, महेश बस्नेत भक्तपुर, लीला गिरी रूपन्देही, जगत विश्वकर्मा खानेपानी तथा सरसफाइ विभाग, कमल चौंलागाईं रामेछाप, ईश्वरबहादुर रिजाल बागमती स्कुल, जितबहादुर दर्जी उत्पीडित जातीय फाँट, विनोद श्रेष्ठ मजदुर फाँट, सुमनराज प्याकुरेल सप्तरी, पार्वत गुरुङ दोलखा, भैरवसुन्दर श्रेष्ठ जाजरकोट, रामदयाल मण्डल महोत्तरी, दलबहादुर राना भूमि व्यवस्था विभाग, गोकुल घर्ती रोल्पा, टुकराज सिग्देल गण्डकी स्कुल, बैजनाथ चौधरी इन्जिनियरिङ फाँट, खेममान खड्का रुकुम र भूतपूर्व सैनिक, प्रहरी फाँट, राजेन्द्रसिंह रावल सुदूरपश्चिम स्कुल हुनुहुन्छ ।

यसैगरी नारदमुनि राना कैलाली, लीलाबहादुर थापा बाग्लुङ–२, सुजिता शाक्य उपत्यका विशेष, ज्वालाकुमारी साह बारा, मोहन बानिया मुगु, मञ्जुकमारी चौधरी उदयपुर, अच्युतप्रसाद मैनाली मधेश प्रदेश स्कुल, विशाल भट्टराई खोटाङ, गणेशसिंह ठगुन्ना दार्चुला, खिमलाल भट्टराई रूपन्देही–३ तथा विपद व्यवस्थापन स्वयंसेवक विभाग, दधिराम न्यौपाने उपभोक्ता तथा हित सुशासन विभाग, देवेन्द्र दाहाल मन्त्री, रामेश्वर फुयाँल काठमाडौं २ इञ्चार्ज तोकिनुभएको छ ।

यस्तै ठाकुर गैरे पाल्पा, तिलकुमार मेयाङ्बो ताप्लेजुङ, जुली महत्तो धनुषा, गौरी ओली डोटी, निरुदेवी पाल कञ्चनपुर, लीलाकुमारी भण्डारी कैलाली ५, शान्ता चौधरी दाङ ५, सीता गिरी ओली प्रतिष्ठान समन्वय, नरुलाल चौधरी दाङ, कृष्ण राई काठमाडौं ४ र ७, लक्ष्मी पोखरेल दैलेख, सूर्य थापा प्युठान, मनकुमारी जिसी बाग्लुङ, सुशीला नेपाल सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग प्रमुख भएकी छिन् ।

यस्तो छ, स्थायी समिति सदस्यहरूको जिम्मेवारी