जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार ०९:१२

प्रधानमन्त्री ओलीले यसकारण गरे आफ्नो ब्यक्तिगत सम्पत्ति त्याग्ने घोषणा


काठमाडौं, असोज २५ । काठमाडौं, असोज २५ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्पत्ति सरकार र ट्रष्टको नाममा हस्तान्तरण गर्ने घोषणा गरेर राजनीतिक क्षेत्रमा आइडल बन्नुभएको छ । सम्पत्तिको लोभ गर्नेहरु कम्युनिस्ट मात्र होइनन, राजनीतिज्ञ हुन लायक छैनन भन्ने मान्यताका साथ प्रधानमन्त्री ओलीले आफ्नै निर्वाचन क्षेत्रमा गत असोज २० गते ब्यक्तिगत सम्पत्ति राज्यलाई बुझाउने घोषणा गर्नुभएको थियो ।

दशैंको महानवमीको अवसर पारेर बिगत लामो समयदेखि गृहजिल्ला झापामा चियापान गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले यसपटक बिपक्षी राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरी ब्यक्तिगत सम्पत्ति त्याग्ने घोषणा गर्नुभएको थियो । ‘नाफाको जिन्दगी बाँचेको छु, मेरो जति सम्पत्ति छ, त्यो कुनै ट्रष्टलाई हस्तान्तरण गर्छु, बैंक ब्यालेन्स रहेछ भने पनि हस्तान्तरण गर्नेछु,’ प्रधानमन्त्री ओलीको घोषणा थियो । त्यसो त प्रधानमन्त्री ओलीले निकै पहिला नै आफ्नो सम्पत्ति त्याग्ने योजना बताउँदै आउनु भएको थियो ।

‘सम्माननीय प्रधानमन्त्रीले धेरै पहिला नै आफ्नो सम्पत्ति कुनै ट्रष्टलाई हस्तान्तरण गर्ने निर्णय लिनुभएको थियो, उपयुक्त समयमा घोषणा गर्ने उहाँको योजना थियो, त्यो गृहनगरको चियापानमा मतदातामाझ जानकारी गराउनु भएको हो,’ प्रधानमन्त्री निकट एक नेताले जनताटाइम्ससँग भन्नुभयो । प्रधानमन्त्री ओलीले असत्यलाई सत्यले पराजीत गरेको बडादशैंको अवसरमा आफूलाई जिताएर पठाउने मतदातासामु ब्यक्तिगत सम्पत्ति त्याग्ने घोषणा गरेपछि बिश्वभर यस्को उच्च प्रसंशा मात्र भएको छैन, राजनीतिक क्षेत्रमा हलचल नै ल्याइदिएको छ । कतिपय भारतीय नेताहरुले प्रधानमन्त्री ओलीको घोषणा राजनीतिक क्षेत्रमा लागेकाहरुका लागि ठुलो चुनौती र भविष्यमा आउने पुस्ताका लागि सम्पत्ति होइन, इमानमा बस्न प्रेरित गर्ने टिप्पणी गर्न थालेका छन ।

राजनीतिमा लाग्ने र सामाजिक क्षेत्रमा काम गर्ने मानिसहरु सम्पत्तिको लोभमा फस्नु हुन्न भन्ने सन्देश दिनका लागि प्रधानमन्त्री ओलीले यस्तो निर्णय लिनुभएको हो । सरकारको नेतृत्व लिएदेखि नै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न दैनिक १८ घण्टा काममा खटिरहनुभएका प्रधानमन्त्री ओलीको यो कदमले आगामी पुस्तालाई सम्पत्तिप्रतिको मोह हटाउने बिश्वास गरिएको छ ।

राजनीतिमा लाग्ने र सामाजिक क्षेत्रमा काम गर्ने मानिसहरु सम्पत्तिको लोभमा फस्नु हुन्न भन्ने सन्देश दिनका लागि प्रधानमन्त्री ओलीले यस्तो निर्णय लिनुभएको हो । सरकारको नेतृत्व लिएदेखि नै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न दैनिक १८ घण्टा काममा खटिरहनुभएका प्रधानमन्त्री ओलीको यो कदमले आगामी पुस्तालाई सम्पत्तिप्रतिको मोह हटाउने बिश्वास गरिएको छ ।