काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी ओशर्मा ली नेतृत्वको सरकारमा रहेका मन्त्रिपरिषद सदस्यहरुको वरीयता हेरफेर भएको छ ।
राष्ट्रपति कार्यालयले आज ज्ञिप्ति जारी गरी मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरिएको जानकारी दिएको हो । यसअघि १४औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई अहिले १६औंमा पुर्याइएको छ । उहाँको ठाउँमा पर्यटनमन्त्री बद्री पाण्डे बढुवा हुनुभएको छ ।
पाण्डे हाल नेपाली कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गर्नुभएको हो । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा मर्यादाक्रम हेरिफेर गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्