काठमाडौं, साउन २४ । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार निर्देशिका खारेज गरेको छ ।
यही साउन २२ गते बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले जारी गरेको राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
प्रचण्ड सरकारले तत्कालीन मुख्यसचिव शंकरदाश बैरागीलाई मुख्यसचिवबाट राजिनामा गर्न लगाएर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरी राज्यकोषको पैसा सकाउन यो निर्देशिका जारी गरेको थियो । निर्देशिक खारेजीसँगै बैरागीको जागिर ‘चैट’ भएको छ । बैरागीको पदसमेत खारेज हुनेगरी उक्त निर्देशिका खारेज गरेको हो ।
योसँगै तत्कालिन मुख्यसचिव शंकरदास बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारबाट स्वत पदमुक्त हुनुभएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले तत्कालिन मुख्यसचिव बैरागीलाई राज्यमन्त्री सरहको राष्ट्रिय सुरक्षा सल्लाहकार पद सृजना गरेर अहिले निलम्बनमा रहनुभएका मुख्यसचिव डा.बैकुण्ठ अर्याललाई सचिव पदबाट अवकाश जानु केहीदिन अघि मात्रै मुख्यसचिव नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्