काठमाडौं, साउन २५ । ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत एक जना कर्मचारी बलात्कार आरोपमा पक्राउ परेका छन ।
एक युवतीले दिएको बलात्कार आरोपको उजुरीको आधारमा प्रहरीले बिभागका कर्मचारी सुब्बा घलेलाई पक्राउ गरेको हो । घलेलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार आरोपी घलेले महिलालाई बलात्कार गरेको आरोप छ । घले वैदेशिक रोजगार विभागमा करारमा कार्यरत रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्