जनता टाइम्स

२५ श्रावण २०८१, शुक्रबार १९:३४

२१ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ ?


काठमाडौं, २५ साउन । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो ।

यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो । परिषद्ले आज ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस गरेको छ ।