काठमाडौं, साउन २६ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाकाहाकी ढाटनु भएको तथ्य उजागर भएको छ । ‘टाइम अफ डे’ (टीओडी) मिटरको डेटा डाउनलोडको विषयमा कुलमानले संसददेखि जनतासम्मलाई हाकाहाकी ढाँटनुभएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले शुक्रबार पत्रकार सम्मेलन अयोजना गरी २०७३ को विद्युत् महसुल संकलन विनियमावलीमा टीओडी डाउनलोड अनिवार्य गर्नुपर्ने व्यवस्था नरहेको र आवश्यकता अनुसार डाउनलोड गर्ने गरिएको जिकिर गर्नुभयो । गत शुक्रबार बसेको लेखा समिति बैठकमा पनि कुलमानले यही जिकिर गर्नुभएको थियो । शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उहाँले यही जिकिर गर्नुभयो ।
‘टीओडी चाहिएका बेला तत्कालै डाउनलोड गर्ने हो । ५५ मिनेटभित्र डाउनलोड गर्ने हो । त्यसमा कैफियत आयो भने त्यसपछि मात्रै प्रोफाइल डाउनलोड गर्ने हो,’ घिसिङको भनाई थियो, ‘२०७३ सालको विनियमावलीमा प्रोफाइल डाउनलोड भन्ने थिएन । २०७७ मा आएपछि मात्रै हामीले प्रोफाइल पनि डाउनलोड गर्ने व्यवस्था गरेका हौं ।’ तर तथ्यले कुलमानको यो भनाई सरासर झुटो रहेको देखाउँछ । विद्युत् महसुल संकलन विनियमावली २०७३ र त्यसअघि २०७२ साल कात्तिक १५ गते बिद्युत प्राधिकरणले गरेको सर्कुलर हेर्दा घिसिङले गरेको दाबी शतप्रतिशत झुटो प्रमाणित भएको हो ।
२०७३ कै विनियमावलीको विनियम (१०) मा स्पष्ट भनिएको छ, ‘टीओडी मिटर जडान भएका ग्राहकका हकमा हरेक वर्ष चैत महिनामा मिटर रिडिङको अतिरिक्त अनिवार्य डेटा डाउनलोड गरी सोको प्रतिवेदन सम्बन्धित क्षेत्रीय कार्यालय प्रमुख र उपकार्यकारी निर्देशकको कार्यालय, विद्युत ग्राहक सेवा निर्देशनालयमा पठाउनु पर्ने छ । उल्लेखित कार्य गरे–गराएको नपाइए जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाइने छ ।’
प्राधिकरणको विनियमावलीको यो व्यवस्थाले स्पष्ट भन्छ कि टीओडीको डेटा हरेक वर्ष डाउनलोड हुन्छ र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधै आउँछ । कुलमानले भने जस्तो मन लागेका बेला डाउनलोड गर्ने, मन नलागेको बेला नगर्ने किसिमको डेटा होइन यो ।
प्राधिकरणको विनियमावलीको यो व्यवस्थाले स्पष्ट भन्छ कि टीओडीको डेटा हरेक वर्ष डाउनलोड हुन्छ र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधै आउँछ । कुलमानले भने जस्तो मन लागेका बेला डाउनलोड गर्ने, मन नलागेको बेला नगर्ने किसिमको डेटा होइन यो । त्यति मात्रै होइन, विद्युत् प्राधिकरण स्वयंले २०७२ कात्तिक १५ गते मातहत कार्यालयलाई गरेको पत्राचारले टीओडी मिटर जडान गर्ने ग्राहकको डेटा डाउनलोड नगरी बिलिङ नै गर्न नपाइने अवस्था सिर्जना भएको छ ।
प्राधिकरण सञ्चालक समितिको ७१०औं बैठकको डेडिकेटेड फिडर सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा क्षेत्रीय कार्यालयहरूलाई लेखेको पत्रमा भनिएको छ, ‘ग्राहकहरूको टीओडी मिटर डाउनलोड गरी प्रत्येक दिन चौबिसै घण्टा निरन्तर विद्युत प्राप्त गरेको रहेछ भने प्रिमियमको शुल्क लगाउनू ।’ विद्युत महसुल संकलन विनियमावली २०७३ र २०७२ कात्तिक १५ गतेको प्राधिकरणको पत्रका अनुसार टीओडी मिटरको डेटा डाउनलोड नगरी त्यस्ता मिटर जोडेका ग्राहकको बिल नै काटिँदैन ।
प्रतिक्रिया दिनुहोस्