काठमाडौं, २६ साउन । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ । हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो ।
महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई बी एन्ड सी अस्पताल लगिएको थियो । उहाँको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।
प्रतिक्रिया दिनुहोस्