जनता टाइम्स

२६ श्रावण २०८१, शनिबार १६:२७

शिक्षामन्त्री बिद्याको निश्कर्ष : राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरु दुर्वल भए


काठमाडौं, साउन २६ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरु दुर्वल भएको निश्कर्ष सुनाउनु भएको छ ।

काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसियसन नेपालको पाँचौं साधारणसभाको शनिबार उद्घाटन गर्दै शिक्षामन्त्री भट्टराईले यस्तो बताउनु भएको हो ।

‘शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरु दुर्वल भएका हुन । यो सच्चाइलाई आत्मसाथ गरेर सवै आरोप प्रत्यारोप गरेर होइन समाधानका लागि जुटन जरुरी छ,’ शिक्षामन्त्री भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नहुँदा नै युवाहरु पढ्न देश बाहिर जाने परिस्थिति सिर्जना भएको जानकारी पनि दिनुभयो ।

‘विद्यार्थीहरु पढ्न बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभई ज्ञानपछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देश बाहिर जाने परिस्थिति सिर्जना भएको हो’, शिक्षामन्त्री भट्टराईले भन्नुभयो, ‘राजनीतिक अस्थिरताका कारण देशमा केही हुँदैन भन्ने गलत भाष्यका कारण पनि विद्यार्थीहरु बाहिरिरहेका छन् ।’

उहाँले शिक्षालाई मजबुत बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणित गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बेला आएको पनि बताउनु भयो । कार्यक्रमका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।