जनता टाइम्स

२६ श्रावण २०८१, शनिबार २२:५७

माओवादी चर्को अवसरवादको दलदलमा फसेको भन्दै एमाले प्रवेश गरे जाजरकोटमा प्रभावशाली नेता


काठमाडौं, साउन २६ । नेकपा माओवादी जाजरकोटका चर्चित नेता टेकबहादुर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले माओवादी नेता नेता थापालाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

उहाँ तत्कालीन नेकपा (माले) जाजरकोटको संस्थापक मध्येका एक नेता हुनुहुन्छ । २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि नेकपा (माले) गठन गरी जाजरकोटको पश्चिम क्षेत्रमा संगठन विस्तार गर्ने नेताहरूमध्ये थापा पनि एक हुनुहुन्छ ।

२०५८ सालतिर माओवादीमा आवद्ध भएर क्रियाशील रहनुभएका थापा लामो समय शिक्षण पेशामा रहनुभएको थियो । माओवादी केन्द्र अझै पनि पार्टीका रूपमा विकास हुन नसकेको, व्यक्तिवाद र चर्को अवसरवादको दलदलमा फसेको निष्कर्षका साथ उहाँ पुरानै घर एमालेमा फर्कनु परेको थापाले बताउनु भयो ।

पार्टी प्रवेशका क्रममा नेता थापाले नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका लागि नेकपा एमालेलाई बलियो बनाउनुपर्ने धारणा पसन राख्नुभयो ।