जनता टाइम्स

२७ श्रावण २०८१, आईतवार ०९:५७

आफ्नै कोठामा मृत भेटिए गायक प्रकाश तिमिल्सिना


ललितपुर, साउन २७ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका १८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।

सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । तिमिल्सिनाका शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाउनु भएको थियो । उहाँको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।