काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गर्नुभएको छ ।
सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गर्नुभएको हो ।
पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राख्नुभएको छ । हाल बैठक जारी छ ।














प्रतिक्रिया दिनुहोस्