काठमाडौं, साउन २८ । प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
एमालेम हासचिव शंकर पोखरेलले माओवादीमा प्रभावशाली हैसियतमा रहनुभएका प्रेस सेन्टर दाङका अध्यक्ष शर्मालाई स्वागत गर्नुभयो । शर्मालाई एमाले सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य नरुलाल चौधरी, प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियाशन चौधरी र महासचिव हिरामान लामाले पनि खादालगाएर स्वागत गर्नुभएको थियो ।
एमाले प्रवेश गरेपछि शर्माले कम्युनिष्ट आन्दोलनको मुलधार एमाले र श्रमजीवी पत्रकारहरूको नेता संगठन प्रेस चौतारी नेपालमा समाहित हुन पाएकोमा गर्वको अनुभुति भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्