काठमाडौं, साउन २९ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठगहरुको पार्टी रहेको प्रमाणित भएको भन्दै एक जना नेताले राजीनाादिएका छन ।
जान्नेलाई छान्ने नाराबाट प्रभावित भएर रास्वपाको सदस्य लिएको भन्दै केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा खोटाङ काठमाडौं सम्पर्क बिभाग सदस्य सन्तोषकुमार दाहालले सोमवार राजीनामा दिनुभएको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको ‘जान्नेलाई छान्ने’ नाराबाट प्रभावित भएर यस पार्टीको सदस्यता लिएको थिएँ । पार्टीमा रही काम गर्ने क्रममा जान्नेलाई छान्ने भन्दा पनि ब्यवहारमा चाँहि आफ्ना भ्रष्ट र ठगहरुलाई छान्ने’ रहेको स्पष्ट देखियो,’ दाहालले राजीनामा पत्रमा भन्नुभएको छ । दाहालले रास्वपाको साधरण सदस्यसमेत परित्याग गरेको घोषणा पनि गर्नुभएको छ । दाहाल रास्वपा अध्यक्ष रबि लामिछानेका भित्रिया हुन ।













प्रतिक्रिया दिनुहोस्